चिसो बढ्यो, पहाडी तथा हिमाली भू-भागमा हिमपात « Khabarhub

चिसो बढ्यो, पहाडी तथा हिमाली भू-भागमा हिमपात


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका अधिकांश भू-भागमा आज (शुक्रबार)देखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

केही दिन तापक्रम अझैँ घट्ने क्रममा रहेकाले चिसो बढ्ने भन्दै सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । चिसोका कारण पर्वतारोहण, हवाईसेवा, यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सुरक्षा-सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ५० बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक