ए डिभिजन लिगमा आजबाट पाँचौँ चरणका खेल हुने | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आजबाट पाँचौँ चरणका खेल हुने


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू आज शुरु हुँदैछ ।

पाँचौ चरणको पहिलो दिन आज दुई खेल हुने तालिका छ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मीविरुद्ध मैदान उत्रदा सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर सातदोबाटो लिगको पाँचौं स्थानमा रहेको छ । आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ । संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ५३ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा