कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि मतगणना गरिँदै | Khabarhub Khabarhub

कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि मतगणना गरिँदै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा आज पाँच जना सहमहामन्त्रीको मतगणना गरिँदैछ।

खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना केहिबरेमा सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही प्रतिस्पर्धी हुन्।

मधेशीतर्फ शेरबहादुर देउवा पक्षका महेन्द्र यादव र शेखर कोइराला पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धी छन् । मुस्लिमतर्फ देउवा पक्षका फर मुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकील चुनावी प्रतिस्पर्धामा छन् ।

थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन् ।

आठ सहमहामन्त्री मध्य यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भइसकेका छन्। उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्।

दलित समूहबाट भने शेखर कोइराला पक्षका जीवन परियार सहमहामन्त्रीमा विजयी भएका छन् । यसअघि बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ०८ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह