प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना « Khabarhub

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा -प्रदेश नं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिए ।

चालिस हजार लिटरको दुई–दुईवटा युनिटको निर्माण गरेर सञ्चालनमा आएको छ । त्यसमा लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने भएको छ । प्रदेश नं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेश नं १ को विराटनगर तथा बागमती प्रदेशको हेटौँडाबाट खोप मगाएर काम गर्दा समस्या आइरहेको बेलामा प्रदेश २ को राजधानी जनकपुरधाममा नै खोप भण्डारण गृह सञ्चालनमा आएपछि खोपको अभाव नहुने डा यादवले बताए ।

यसअघि खोपको समयमा आपूर्ति नभएका कारणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो । निकट भविष्यमा नै थप दुईवटा युनिट निर्माण गरेपछि खोप भण्डारण गृहको क्षमतामा वृद्धि हुने भएको छ । युनिट थप भएपछि क्षमतामा निकै वृद्धि भएर अन्य प्रदेशमा पनि पठाउन सकिनेछ ।

खोपका लागि उचित तापक्रम नभएको खण्डमा खोपको प्रभाव कम भएर कतिपय अवस्थामा खोप काम नगर्ने अवस्था आउने भएकाले खोप भण्डारण गृहको निर्माण निकै महत्वपूर्ण भएको बालरोग विशेषज्ञसमेत रहनुभएका डा यादवले जानकारी दिए । नियमितरूपमा बालबालिकाका लागि प्रदान गर्ने दादुरा रुवेला, बिसीजी, डिपीटी, पोलियो, एफआइपिभी, विसिभी, रोटाजस्ता खोपसहित एन्टिस्नेक भेनमसहित खोपहरू भण्डारणका लागि उपयोगी भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए।

प्रदेशको मध्यभागमा भण्डारगृह भएकाले आपूर्तिमा सहजता हुने छ। अहिले नवनिर्मित प्रदेश खोप भण्डारणगृहमा कोरोनाविरुद्धको मोडर्ना खोपका चार लाख ४७ हजार डोज भण्डारण गरेर राखिएको छ । खोप भण्डारणगृह निर्माण भएपछि पालिकाको वडासम्म सञ्चालन हुने नियमित खोप कार्यक्रमलाई ठूलो मद्दत पुग्ने भएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ४५ बजे

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा