मोटरसाइकल दुर्घटनामा मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा मृत्यु


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकामा गम्भीर चोट लागेर उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएकामा गए राति १०:३० बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ४४ बजे

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक