कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु « Khabarhub

कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ।

खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ ।

निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भइसकेका छन्। उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्।

खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही, मधेशीतर्फ शेरबहादुर देउवा पक्षका महेन्द्र यादव र शेखर कोइराला पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धी छन् ।

मुस्लिमतर्फ देउवा पक्षका फर मुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकील तथा थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ०५ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु