कोरोनाका कारण ‘मिस वर्ल्ड २०२१’ स्थगित « Khabarhub

कोरोनाका कारण ‘मिस वर्ल्ड २०२१’ स्थगित


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूर्टो रिको(दैनिक जागरण)– विश्वचर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’का १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएपछि यो प्रतियोगिता हालका लागि स्थगित गरिएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापन अघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् ।

प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ । प्रतियोगितामा सहभागी १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरुका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जसकारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिन भित्र पूर्वनिर्धारित स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएका छन् । प्रतियोगीहरु र सम्बन्धित कर्मचारीहरुलाई एकान्तवास र निगरानीमा राखिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुको मञ्जुरी पछि उनीहरुलाई घर फर्कन अनुमति दिइने बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ३८ बजे

जुम्लामा प्रतिनिधिसभा निर्वाचनको धमाधम तयारी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको धमाधम

‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’को जिम्मेवारी प्रभावकारी रूपमा गर्न गृहको निर्देशन 

काठमाडौं– निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई

कावा खोला मा पक्की पुल निर्माण

भोजपुर– भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौँडा– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण