कोरोनाका कारण ‘मिस वर्ल्ड २०२१’ स्थगित « Khabarhub

कोरोनाका कारण ‘मिस वर्ल्ड २०२१’ स्थगित


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूर्टो रिको(दैनिक जागरण)– विश्वचर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’का १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएपछि यो प्रतियोगिता हालका लागि स्थगित गरिएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापन अघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् ।

प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ । प्रतियोगितामा सहभागी १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरुका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जसकारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिन भित्र पूर्वनिर्धारित स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएका छन् । प्रतियोगीहरु र सम्बन्धित कर्मचारीहरुलाई एकान्तवास र निगरानीमा राखिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुको मञ्जुरी पछि उनीहरुलाई घर फर्कन अनुमति दिइने बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ३८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक