आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित) « Khabarhub

आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित)


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताएर जनताको नेता बन्न आह्वान गरेका छन् ।

राष्ट्रियसभाका सबै सिट जित्ने गरी गठबन्धनमा कसरत भइरहेको बताउँदै नेता नेपालले आगामी स्थानीय चुनावबाट एकीकृत समाजवादीलाई अब्बल बनाउन किसानहरू लाग्नु पर्ने बताए ।

उद्धार स्वंयम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम मा नेपालले भने,’तपाइँहरू किसान भए पनि ध्यान दिनूहोला अबको स्थानीय चुनावमा हामीलाई  जिताएर तपाइँहरू नै जनताको नेता बन्नुहोस्

वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । देशभर ४६० गाउँपालिका छन्, २९३ नगरपालिका छन् । त्यसमा १५०६ जना प्रमुख/उपप्रमुख हुन्छन,’ नेपालले भने,’६ हजार ७४२ वडाबाट ३५ हजार ३१ जना प्रतिनिधि हुन्छन् त्यसमा जित्ने गरी हाम्रो तयारी छ । तपाइँहरूले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।

नेता नेपालले नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन वर्तमान सरकार र नेकपा एकीकृत समाजवादीले प्रोत्साहित गरिरहेको पनि बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ०० बजे

शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

पथरी – सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली – बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी

६ किलोमिटर सडक कालोपत्रे

तुलसीपुर – दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको