आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित) « Khabarhub

आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित)


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताएर जनताको नेता बन्न आह्वान गरेका छन् ।

राष्ट्रियसभाका सबै सिट जित्ने गरी गठबन्धनमा कसरत भइरहेको बताउँदै नेता नेपालले आगामी स्थानीय चुनावबाट एकीकृत समाजवादीलाई अब्बल बनाउन किसानहरू लाग्नु पर्ने बताए ।

उद्धार स्वंयम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम‘ मा नेपालले भने,’तपाइँहरू किसान भए पनि ध्यान दिनूहोला अबको स्थानीय चुनावमा हामीलाई  जिताएर तपाइँहरू नै जनताको नेता बन्नुहोस् ।‘

‘वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । देशभर ४६० गाउँपालिका छन्, २९३ नगरपालिका छन् । त्यसमा १५०६ जना प्रमुख/उपप्रमुख हुन्छन,’ नेपालले भने,’६ हजार ७४२ वडाबाट ३५ हजार ३१ जना प्रतिनिधि हुन्छन् । त्यसमा जित्ने गरी हाम्रो तयारी छ । तपाइँहरूले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।‘

नेता नेपालले नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन वर्तमान सरकार र नेकपा एकीकृत समाजवादीले प्रोत्साहित गरिरहेको पनि बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ०० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड