कांग्रेस सहमहामन्त्रीको मतगणना जारी « Khabarhub

कांग्रेस सहमहामन्त्रीको मतगणना जारी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।

बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

महिला, दलित र आदिवासी जनजाति क्लष्टरको सहमहामन्त्री पदको मत परिणाम अनुसार महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित भएका थिए । बाँकी पाँच क्लष्टरमध्ये अब सहमहामन्त्री पदका खसआर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्लष्टरको मतगणना भइरहेको छ ।

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् । थारु क्लष्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन् । पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।

महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत अब बाँकी सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना बाँकी छ । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।

खस/आर्यतर्फ  देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले एक सय सात र चालिसेले ९१ मत पाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : १३ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्