बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप « Khabarhub

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ ले लगाएका छन् । पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ ले पहिलो मात्रा र १८ हजार ३५६ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ ले पहिलो मात्रा र आठ हजार ४४३ ले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र सात हजार ८२१ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकामा नौ हजार १३६ ले पहिलो मात्रा र पाँच हजार २१८ ले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा आठ हजार ९९५ ले पूर्ण खोप पाएका छन् ।

सिगास गाउँपालिकामा आठ हजार ३९५ ले पहिलो मात्रा र तीन हजार ३३७ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा छ हजार १६१ ले पहिलो मात्रा र आठ हजार ७५३ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

सुर्नया गाउँपालिकामा तीन हजार ७१८ ले पहिलो मात्रा र ४ हजार ९२ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा पाँच हजार ९३७ ले पहिलो मात्रा र छ हजार ९९५ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

शिवनाथ गाउँपालिकामा पाँच हजार १३६ ले पहिलो मात्रा र तीन हजार ७३५ ले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा  १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको  स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो ।  सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ०१ बजे

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी