अक्षयको ‘ओह माय गड २’ लुक्स भाइरल « Khabarhub

अक्षयको ‘ओह माय गड २’ लुक्स भाइरल


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता अक्षय कुमार र परेश रावलको हिट फिल्म ‘ओह माय गड’को सिक्वेल ‘ओह माय गड २’ लामो समयदेखि चर्चामा छन् । यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मको सुटिङ कोरोना कारण बीचमै रोकिएको थियो र अक्षयको आमाको निधनका कारण पनि प्रोजेक्ट अड्किएको थियो ।

अहिले अक्षयले यो फिल्मको काम पुनः सुरु गरेका छन् । सुटिङसँगै उनको फिल्मी लुक्स पनि बाहिर आएको छ । यो लुक्समा अक्षयले आफ्नो कपाललाई जटाको जस्तै बाधेका छन् । उनी निलो पाइजामा र लामो टिसर्टमा देखिएका छन् । उनले गलामा रुद्राक्षको माला लगाएका छन् ।

अक्षयको लुक्सवाला भिडियो उनको फ्यान क्लबले शेयर गरेका छन् । भिडियोको पृष्ठभूमिमा शिव ताण्डवको संगीत सुनिन्छ । उनको भिडियोलाई फ्यानहरुले अधिक शेयर गरिरहेका छन् । फ्यानले शेयर गरेको भिडियोलाई अक्षयले शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमित रायले निर्देशन गरिरहेको फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ११ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार