अक्षयको ‘ओह माय गड २’ लुक्स भाइरल « Khabarhub

अक्षयको ‘ओह माय गड २’ लुक्स भाइरल


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता अक्षय कुमार र परेश रावलको हिट फिल्म ‘ओह माय गड’को सिक्वेल ‘ओह माय गड २’ लामो समयदेखि चर्चामा छन् । यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मको सुटिङ कोरोना कारण बीचमै रोकिएको थियो र अक्षयको आमाको निधनका कारण पनि प्रोजेक्ट अड्किएको थियो ।

अहिले अक्षयले यो फिल्मको काम पुनः सुरु गरेका छन् । सुटिङसँगै उनको फिल्मी लुक्स पनि बाहिर आएको छ । यो लुक्समा अक्षयले आफ्नो कपाललाई जटाको जस्तै बाधेका छन् । उनी निलो पाइजामा र लामो टिसर्टमा देखिएका छन् । उनले गलामा रुद्राक्षको माला लगाएका छन् ।

अक्षयको लुक्सवाला भिडियो उनको फ्यान क्लबले शेयर गरेका छन् । भिडियोको पृष्ठभूमिमा शिव ताण्डवको संगीत सुनिन्छ । उनको भिडियोलाई फ्यानहरुले अधिक शेयर गरिरहेका छन् । फ्यानले शेयर गरेको भिडियोलाई अक्षयले शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमित रायले निर्देशन गरिरहेको फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ११ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक