भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज « Khabarhub

भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् ।

१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५–२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए । ओलीनिकट सांसद यज्ञ बोगटी सहइञ्चार्ज बनेका छन् । उनले रावलको चर्को आलोचना गर्दै आएका छन् ।

ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा भीमबहादुर रावलको गृहजिल्लामा पूर्वमाओवादी नेता बोहराले जिम्मेवारी पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुदूरपश्चिम सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका बोहरा नेकपा पार्टी विभाजनपछि लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए । जसरी केन्द्रमा लेखराजले एमाले र ओलीका लागि मन्त्री तथा सांसद पद गुमाए, त्यसैगरी बोहराले प्रदेशमा मन्त्रीका साथै प्रदेश सांसद पनि गुमाउने गरी एमाले प्रवेश गरेका थिए ।

१०औं महाधिवेशनअघि सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भनेर विवाद जारी थियो । १०बुँदे गरेर एमालेमै रहेका रावलले आफूलाई इन्चार्ज दाबी गर्दै आएका थिए भने अध्यक्ष ओलीले लेखराजलाई जिम्मेवारी दिएका थिए । इन्चार्जलाई लिएर रावल र भट्टबीच विवाद नै भएको थियो ।

तर १०औं महाधिवेशनपछि भट्ट औपचारिक रुपमै इन्चार्ज तोकिएका छन् भने रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् ।

रावलको पछिल्लो भूमिकाप्रति ओलीका साथै भट्ट पनि असन्तुष्ट छन् । ओलीलाई चुनौती दिने रावललाई ‘साइजमा ल्याउन लेखराजनिकट बोहरालाई रावलको गृहजिल्लामा इन्चार्ज बनाइएको एमालेवृत्तमा चर्चा छ ।

१०औं महाधिवेशनअघि अछाममा रावलनिकट शेरबहादुर कुँवर अध्यक्ष थिए । रावलनिकट संघीय सांसद झपटबहादुर रावललाई भने खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ३९ बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा