बद्रि पाण्डे कांग्रेस सहमहामन्त्रीमा विजयी | Khabarhub Khabarhub

बद्रि पाण्डे कांग्रेस सहमहामन्त्रीमा विजयी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्री निर्वाचित भएका हुन् ।

शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४११ र शाहीले २१३३ मत पाएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन् ।

शुक्रबार पदाधिकारीको मतगणना सम्पन्न भएको छ । अब केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ । सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा उमाकान्त चौधरी, किशोरसिंह राठौर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र बद्रि पाण्डे विजयी भएका छन् । यस्तै दुईजना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

अब खुल्ला ३५ र अन्य आरक्षित गरी ११९ जना केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’