देउवा नेतृत्वको कांग्रेस पदाधिकारीमा युवाको वर्चस्व « Khabarhub

देउवा नेतृत्वको कांग्रेस पदाधिकारीमा युवाको वर्चस्व


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको चुनावको नतिजा आउनेक्रम जारी छ । शुक्रबारसम्म १३ सदस्यीय पदाधिकारीको अन्तिम नतिजा आएको छ ।

अब ११९ जना सदस्यको मतगणना हुन बाँकी छ । यो महाधिवेशनमा सभापतिका उम्मेदवार ५ जना भए पनि मुख्य प्रतिस्पर्धा शेरबहादुर नेतृत्वको प्यानल र डा. शेखर कोइराला नेतृत्वको पयानलबीच भयो। १३ सदस्यीय पदाधिकारीको नतिजा आउँदा सभापतिमा दोस्रो कार्यकालकाा लागि निर्वाचित देउवाको स्पष्ट बहुमत आएको छ । कोइराला समूहको पनि प्रभावकारी उपस्थिति देखिएको छ ।

सभापतिपछिको सबैभन्दा महत्वपूर्ण मानिएको महामन्त्रीमा देउवा समूहका दुबै उम्मेदवार पराजित हुँदा सहमहामन्त्रीमा भने देउवा समूहका धेरै विजयी भएका छन् ।

१३ सदस्यी पदधिकारीमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र समहामन्त्रीहरु भीष्मराज आङ्दम्बे, उमकान्त चौधरी, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, फरमुल्लाह मन्सुर र किशोरसिंह राठौर गरी ८ जना पदाधिकारी देउवा निकट विजयी भएका छन् ।

यस्तै कोइराला समूहबाट उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीहरु जीवन परियार तथा बद्रि पाण्डे गरी ४ जना विजयी भएका छन् । महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए । उनी चुनाव लड्न्अघि देउवा निकट थिए ।

पदधिकारीमा निर्वाचित पूर्णबहादुर खड्का र फरमुल्ला मन्सुरबाहेक अरु सबै पदाधिकारी ६० वर्षभन्दा मुनिका छन् ।

अहिलेको पदाधिकारी टिममा नेविसंघबाट पार्टी राजनीतिमा आएकाहरुको वर्चस्व देखिएको छ । सभापति देउवा स्वयम नेविसंघको पहिलो निर्वाचित अध्यक्ष हुन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री किशोरसिंह राठौर नेविसंघका पूर्व अध्यक्ष हुन् । त्यस्तै गगनकुमार थापा नेविसंघका पूर्वमहामन्त्री हुन् भने बद्रि पाण्डे नेविसंघको पूर्व उपाध्यक्ष हुन् । महेन्द्र यादव भने तरुण दलका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ४२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न