गहुँका लागि मत अभाव « Khabarhub

गहुँका लागि मत अभाव


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– मल खरिद गर्नका लागि संघ, संस्था र सहकारी छनोट गरी केन्द्रमा सिफारिस गर्ने पालिकाले अझैसम्म सो काम गर्न सकेका छैनन् । जिल्लाका सात पालिका मध्ये नलगा नगरपालिका बाहेक अन्य पालिकाले कुनै पनि प्रक्रिया सुरु नगरेको पाइएको हो ।

गहुँखेतीका लागि भारी मात्रामा मलको माग भए पनि पालिकाले सिफारिस दिन आँनाकाँनी गर्दा कृषकले मल पाउन नसकेका हुन् । आफू अनुकूलको संस्था, सहकारी खोज्दा काम सुरु हुन नसकेका हो । विगतमा कृषि विकास कार्यालयमार्फत खरिद हुँदै आएको मल अर्ग्यानिक प्रदेश बनाउने योजना प्रदेश सरकारले लिएपछि कृषि विकास कार्यालयले मल खरिद गर्ने अधिकार कटौती भएको हो ।

अहिले सो काम स्थानीय तहले गर्दै आएका छन् । भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले छिट्टै प्रक्रिया पुरा गरी मल खरिद गर्ने बाटो खुल्ला गरिने बताए । नलगा नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले मल केही दिनमा नगरमा पुगिसक्ने बताए ।

अन्य पालिकाले मल खरिदका लागि कुनै प्रक्रिया सुरु गरेका छैनन् । जाजरकोटमा कूल खेतीयोग्य जमिन २८ हजार हेक्टरमा १० हजार हेक्टरमा गहुँखेती गरिन्छ । अधिकांश ठाउँमा आकासे पानीको भरमा गहुँखेती हुँदै आएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : २० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन