एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी « Khabarhub

एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

शुक्रबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा प्रधानमन्त्री देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए ।

सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसीसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।

सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् । रासस

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ५३ बजे

तोरीले पहेँलपुर बेथानचोकका बारी

धुलिखेल – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी

न्याय सेवा आयोगले गर्‍यो सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं- न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ।

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

जाकार्ता – इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी

यस्तो छ कांग्रेस विशेष महाधिवेशन पक्षधरको अपिल

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले सोमबार पारित गरेको कार्य

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

काठमाडौं – विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन