एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी « Khabarhub

एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

शुक्रबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा प्रधानमन्त्री देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए ।

सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसीसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।

सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् । रासस

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ५३ बजे

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार