चुरोट छाडेको १ घण्टादेखि ५ वर्षसम्म शरीरमा यस्तो आउँछ परिवर्तन « Khabarhub

चुरोट छाडेको १ घण्टादेखि ५ वर्षसम्म शरीरमा यस्तो आउँछ परिवर्तन


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं युवा र पाको उमेरका पुरुषमा धुमपानको लत रहने गरेको छ । जब चुरोट पिइन्छ शरीरमा निकोटिन रिसेप्टर्स बन्न सुरु गर्छ । र जब बिस्तारै रिसेप्टर्सको संख्या बढ्दै जान्छ तब मानिसलाई धुमपानको लत लाग्दछ ।

धुमपानको लतले मस्तिष्कघात, फोक्सोको क्यान्सर, मुखको क्यान्सर, मृगौलाको क्यान्सर जस्ता रोगको खतरा हुन्छ । यसबाट बच्ने एक मात्र उपाय भनेको धुमपान गर्न छाड्नु नै हो । तर धुमपान गर्न छाडेपछि हाम्रो शरीरमा के हुन्छ त ?

१. १ घण्टापछि
धुमपान गरेको एक घण्टापछि शरीरले पुनः निकोटिनको माग गर्दछ र पुनः धुमपान गरौं गरौं जस्तो हुन्छ । यस क्रममा निन्द्रा, आलस्यता, तनाव हुने गर्दछ ।

२. १२ घण्टापछि
धुमपान नगरेको १२ घण्टापछि शरीरमा कार्बन मोनोअक्साइडको स्तर कम हुन थाल्दछ । रगतमा अक्जिनको लेभल सामान्य बनाउन मद्दत मिल्दछ र शरीरको कार्यसञ्चालन ठीक ढंगले हुन थाल्दछ ।

३. २४ घण्टापछि
धुमपान छाडेको २४ घण्टापछि शरीरमा निकोटिनको स्तर कम हुन थाल्दछ । त्यसैले बेचैनी अनुभव हुनसक्छ ।

४. ४८ घण्टापछि
धुमपान छाडेको ४८ घण्टा अर्थात २ दिनपछि शरीरको ब्रोन्कियल ट्युबलाई आराम मिल्दछ । यसले शरीरमा उत्साह बढाउँछ ।

५. ३ दिनपछि
धुमपान छाडेको तीन दिनपछि शरीरबाट पूर्ण रुपमा निकोटिन बाहिर निस्कन्छ । साथै पसीना आउने, टाउको दुख्ने, बेचैनी हुने, तनाज बढ्ने जस्ता समस्या देखिन सक्छ ।

६. २ हप्तापछि
धुमपान छाडेको २ हप्तापछि रक्तप्रवाह पूर्ण रुपमा सामान्य हुन्छ । शरीरबाट ९० प्रतिशत निकोटिन बाहिर निस्कन्छ । फोक्सोले सहि ढंगले काम गर्न थाल्दछ ।

७. ९ महिनापछि
धुमपान छाडेको ९ महिनापछि फोक्सोको सबै बिकार बाहिर निस्कन्छ । त्यस क्रममा पहिले झै श्वास लिन कुनै पनि समस्या हुदैँन ।

८. १ वर्षपछि
धुमपान छोडेको एक वर्षपछि मुटुमा हुने रोग हुने खतरा ५० प्रतिशतसम्म कम हुन्छ । साथै शरीरमा स्र्फुती बढ्दछ ।

९. ५ वर्षपछि
धुमपान छाडेको पाँच वर्षपछि मुटु र फोक्सो सामान्य अवस्था आउँछ । अर्थात धुमपान नगर्ने व्यक्तिको जस्तै हुन्छ । यस्तोमा मुटुको रोग र क्यान्सरको खतरा कम हुन्छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ६ : ३९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने