इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड र लिभरपुलको गोलरहित बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड र लिभरपुलको गोलरहित बराबरी


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ ।

१८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्त्रको आधारमा तेस्रो स्थानमा झरेको छ ।

म्यान्चेस्टर सिटीले गएराति क्रिष्टल प्यालेसमाथि ४–० को जित निकाल्यो । खेलमा म्यान सिटीका लागि जोन स्टोन्सले दुई गोल गर्दा इके गुन्डोगान र राहिम स्टर्लीङले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाईटेडलाई ३–१ ले हरायो ।

टोटनह्यामको जितमा सर्जी औरिएर, ह्यारी केन र दोम्बेलेको एक एक गोल सामेल थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ४७ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति