एनआरएनए कतारले नेपाली श्रमिकको एक हप्तासम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने « Khabarhub

एनआरएनए कतारले नेपाली श्रमिकको एक हप्तासम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कोरोना संक्रमणलाई मध्यनगर गर्दै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।

कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद आगामी जनवरी २२ देखि २८ तारिखसम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए ।

उक्त कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४:०० बजेदेखि बेलुकी ९ बजेसम्म र बाँकी २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन उनले बताए ।

माथि उल्लेखित मिति, स्थान र समयमा उपस्थित भैइ नि:शुल्क स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन समेत कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय सबैमा अनुरोध गरिएको छ ।

संघले यसघि पनि कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने उदेश्यका साथ कतारको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ८ : १० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६