ढोरपाटन क्षेत्र जाडो बढ्यो, धारा र खोलामै जम्यो बरफ « Khabarhub

ढोरपाटन क्षेत्र जाडो बढ्यो, धारा र खोलामै जम्यो बरफ


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ढोरपाटन सिकार आरक्ष क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ। तापक्रम माइनसमा झरेपछि बग्ने पानी पनि जम्न थालेको छ।

चिसोका कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको स्थानीय बासिन्दाले बताए। बाग्लुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसाजस्तो बन्ने गरेको छ।

दिउँसोको समयमा चिसो हावा चल्ने र अन्य समयमा चिसो हुँदा स्थानीयवासीलाई घरबाहिरको काम गर्न पनि कठिन भएको छ। चिसो बढेपछि विद्यालयको पठन–पाठन पनि बन्द गरिएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए।

ढोरपाटन क्षेत्रमा पर्ने विद्यालय हिउँदको समयमा हरेक वर्ष ४५ दिन बन्द हुने गर्छन्। यसपालि पनि २ फागुनसम्म बन्द गरिएको प्रधानध्यापक अदैले बताए।

चिसो बढेपछि खेतीपाती, भेडा, च्यांग्रा तथा भाईभैँसी लिएर लेक गएका स्थानीय बासिन्दा पनि बेँसी बोङगादोभान, बोवाङ, अधिकारी चौर झरेका छन्।

अहिलेसम्म हिमपात भने भएको छैन। ‘हिमपात भएको छैन। तापनि, बिहान र बेलुकी साह्रै चिसो छ,’ उनले भने, ‘बिहानको चिसोले खोला र धाराको पानी जमेर बरफ बनेको छ। पानी जमेर धाराबाट आउँदैन।’ तातोपानी खन्याएपछि मात्र पानी बनेर बग्ने गरेको उनले बताए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : ५९ बजे

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट तासी शेर्पा, सीतावादी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा