परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि… « Khabarhub

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी अस्पताल पुगे ।

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहेको छ । अहिले उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उहाँको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । “खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ”, रामचन्द्रका बाबु कृष्ण बोहराले भने, “घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शय्यामा छ ।”

रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उनी केही काम गर्न सक्दिनन् । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

“मिर्गौला त मै दिन्थेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन”, कृष्ण भन्छन्, “कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।” उनको डायलासिसका लागि हप्तामा रु सात हजार खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।

“मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु”, कृष्ण भन्छन् , “घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।” अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु पार्छन् । “भएको पैसा चेकजाँचमै सकियो, ऋणसमेत पाउन गाह्रो छ”, उनले भने, “कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।”

उनका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छन् । “मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्”, बोहराले भने, “छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।”

रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १ : २० बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब