परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि... | Khabarhub Khabarhub

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी अस्पताल पुगे ।

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहेको छ । अहिले उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उहाँको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । “खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ”, रामचन्द्रका बाबु कृष्ण बोहराले भने, “घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शय्यामा छ ।”

रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उनी केही काम गर्न सक्दिनन् । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

“मिर्गौला त मै दिन्थेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन”, कृष्ण भन्छन्, “कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।” उनको डायलासिसका लागि हप्तामा रु सात हजार खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।

“मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु”, कृष्ण भन्छन् , “घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।” अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु पार्छन् । “भएको पैसा चेकजाँचमै सकियो, ऋणसमेत पाउन गाह्रो छ”, उनले भने, “कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।”

उनका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छन् । “मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्”, बोहराले भने, “छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।”

रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १ : २० बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल