प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका « Khabarhub

प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।

आइतवार प्राधिकरणको जुम्ला वितरण केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा रातिको १२ बजेबाट बिहान १२:३० बजेसम्म र राति साढे ९ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुनेछ ।

यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्क क्षेत्रमा बिहान साँढे १२ बजेदेखि राति साँढे ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

प्राधिकरणका अनुसार प्रत्येक हप्ता समूह तालिका परिवर्तन हुनेछ । त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि र ६ बजेसम्म पावरहाउस बन्द हुनेछ ।

त्यस्तै पिक लोडको समयमा वितरण प्रणालीमा पावर इनर्जी कम भएका तालिकाबाहेकको समयमा पनि विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १२ : ०२ बजे

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट तासी शेर्पा, सीतावादी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा