बागमतीद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य « Khabarhub

बागमतीद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथु बाँस्कोटा र अदिल खानको अर्धशतकीय इनिङ्समा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको हो।

बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए ।

यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रन बनाए भने पारस खड्काले २० रन प्रहार गरे ।

बागमतीविरूद्ध कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २/२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १ : ०५ बजे

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास