नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी | Khabarhub Khabarhub

नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी

बेलायतबाट आएका तीन जनामा देखियो संक्रमण


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

बेलायतबाट पुस पहिलो साता आएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएकोमा त्यसमध्ये ३ जनामा नयाँ प्रकारको संक्रमण भएको पाइएको हो ।

२७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष छन् ।

पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ०५ बजे

मकवानपुरगढीले दियो कृषकलाई अनुदान

हेटौँडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर

चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

झापा– झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा प्रहरीले

जापानमा आजदेखि ‘नेपाल फेस्टिवल’ सुरु

काठमाडौं– ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औँ नेपाल फेस्टिवलमार्फत नेपालमा

पशुपतिनाथ क्षेत्रमा शतवीज छर्नेहरूको घुइँचो (तस्बिरहरू)

काठमाडौं– आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । मृत्युवरण

केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका

न्युयोर्क – २० जनवरीमा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पदासीन