हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट « Khabarhub

हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ ।

समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो ।

हुम्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको छ ।

अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ ।

वडा कमिटी गठन गरेर फर्कने क्रममा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

थापाको टाउको र मुखमा चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : २५ बजे

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले