आमिर खानले रिजेक्ट गरेका थिए बलिउडका यी सुपरहिट फिल्म ! « Khabarhub

आमिर खानले रिजेक्ट गरेका थिए बलिउडका यी सुपरहिट फिल्म !


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानले आफ्नो करिअरमा कैयन् फिल्म रिजेक्ट गरेका छन् । ती फिल्म पछि सुपरहिट भएका पनि छन् । आउनुस्, ती फिल्मका बारेमा चर्चा गरौंः

नायकः द रियल हिरो

बलिउडको चर्चित फिल्म ‘नायकः द रियल हिरो’ ले अनिल कपूरलाई अलग पहिचान दियो । यो फिल्म शुरुमा आमिर खानलाई अफर भएको थियो ।

उनलाई शिवाजी रावको भूमिकामा प्रस्ताव गरिएको थियो । तर, यो फिल्ममा अभिनय गर्न आमिर राजी भएनन् । पछि अनिल कपूरले अभिनय गरेको यो फिल्मले बक्स अफिसमा धमाल मच्चायो ।

डर

यो फिल्ममा यश चोपडाले अजय देवगनसँग काम गर्न चाहन्थे । उनले नमानेपछि फिल्म आमिरलाई अफर गरियो । उनले पनि यो फिल्ममा अभिनय गर्न मानेनन् ।

पछि उक्त फिल्म शाहरुख खानलाई अफर गरियो । फिल्म बक्स अफिसमा धमाकेदार व्यापार गर्न सफल भयो ।

स्वेदश

आमिर खानले स्वदेश नामक फिल्ममा काम गर्न पनि मानेनन् । यो फिल्ममा पनि आमिरको साटो शाहरुख खानलाई अनुबन्ध गरियो । उक्त फिल्म एकाएक हिट भयो ।

लगान २

आमिर खानले फिल्म ‘लगान’ मा अभिनय गरेका थिए । जसकारण फिल्म हिट भएको थियो । तर, उनले यसको सिक्वेल ‘लगान २’ मा काम गर्न मानेनन् ।

जोश

एक रिपोर्टअनुसार ‘जोश’ फिल्ममा प्रकाशको भूमिकामा आमिर खानलाई अफर गरिएको थियो । आमिरले उक्त शोमा रिजेक्ट गरिएको थियो ।

उक्त फिल्ममा पछि शरद कपूरले काम गरेका थिए ।

साजन

साजनका निर्माताले यो रोमान्टिक फिल्ममा सलमान खान र आमिर खानलाई एकसाथ अभिनय गराउन चाहेका थिए । तर, आमिरलाई आफ्नो भूमिका मन परेन ।

त्यसपछि उक्त भूमिकामा सञ्जय दत्तले काम गरे । यो फिल्म पनि हिट भएको थियो ।

दिल वाले दुल्हनिया ले जाएंगे

शाहरुख खानको करिअरले ‘दिलवाले दुल्हनिया ले जायेंगे’ फिल्मबाट उडान भरेको थियो । यो फिल्म बलिउडको सर्वश्रेष्ठ फिल्ममध्ये एक मानिन्छ ।

एक रिपोर्ट अनुसार फिल्ममा शुरुमा आमिर खानलाई अफर गरिएको थियो । तर आमिरले फिल्ममा काम नगर्ने फैसला गरे ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ३ : १० बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना