ओलीलाई तीन दिनभित्र स्पष्टिकरण माग्दै ‘दाहाल-नेपाल’ पक्षले बुझायो बालुवाटारमा पत्र  « Khabarhub

ओलीलाई तीन दिनभित्र स्पष्टिकरण माग्दै ‘दाहाल-नेपाल’ पक्षले बुझायो बालुवाटारमा पत्र 


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको छ ।

दाहाल-नेपाल समूहले ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन माग गर्दै पत्र बालुवाटारमा बुझाएको हो ।

नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल पत्र बोकेर बालुवाटार पुगेका थिए ।

“पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए ।

तीनदिन भित्र चित्तबुझ्दो जवाफ नआए थप कारबाही गरिने समेत पत्रमा उल्लेख गरिएको छ ।

माघ २ गते बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तो छ पत्र

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : १४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं