नेपाललाई कोभिड-१९ खोप उपलब्ध गराउन भारत दृढ संकल्पित, आगामी साता आपूर्तिको मिति घोषणा « Khabarhub

नेपाललाई कोभिड-१९ खोप उपलब्ध गराउन भारत दृढ संकल्पित, आगामी साता आपूर्तिको मिति घोषणा


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतमा प्रयोग गरिएका दुई वटा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आगामी साता उक्त खोपहरु आपूर्तिको तालिका घोषणा गरिने भएको छ । प्रधानमन्त्री मोदीको यो प्रतिबद्धता नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित बैठकमा भारतीय सकमक्षी एस जयशंकरले व्यक्त गरेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरुले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई नकारात्मक रुपमा टिप्पणी गरिरहेका समयमा परराष्ट्रमन्त्री ज्ञवालीले भने आफ्नो कूटनीतिक वार्ता र मर्यादाले गर्दा भारतीयहरुलाई प्रभावित पारेका छन् ।

जनवरी १६ मा प्रधानमन्त्री मोदी कोरोनाविरुद्धको खोपको सुरुवातका लागि व्यस्त रहेकोले परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न सकेनन् । प्रधानमन्त्री मोदीकै आग्रहमा आफूपछिको वरीयतामा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेट गरेका थिए ।

भारतले भुटान, बंगलादेश, म्यानमार, माल्दिभ्स जस्ता मुलुकहरुलाई पनि भारतले खोप उपलब्ध गराउने प्रतिबद्धताको प्राथमिकतामा राखेका छन् । भारतले छिमेकी मुलुकहरुलाई सहयोगका गर्नका लागि आपतकालीन प्रयोगमा आएका खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

सरकारी वार्तालापका अनुसार ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरलाई भारतीय खोप प्राप्त गर्न नेपालले तयार पारेको मोडलबारे नेपालका नियामकसँग वैदेशिक प्रतिष्ठानको भ्रमणका लागि स्वीकृति दिएकोसमेत जानकारी गराएका छन् ।

दुबै देशहरु चाँडै मेडिकल मोड्युलको प्रशिक्षणको बारेमा छलफल गर्न लागेका छन् । नेपालले पनि खोप प्राप्त गरेलगत्तै नेपालमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेकाहरुलाई प्राथमिकतामा राखेको छ ।

नेपालमा हाल दुई हजार ६७ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसको संक्रमणले नेपालमा हालसम्म एक हजार ९५४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ५९ बजे

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण