हामी सिंह हौं, जुरुक्क उठेर गर्जियौँ भने ओली जस्ता ‘भेडा’हरु भाग्छन् : प्रचण्ड (भिडियोसहित) « Khabarhub

हामी सिंह हौं, जुरुक्क उठेर गर्जियौँ भने ओली जस्ता ‘भेडा’हरु भाग्छन् : प्रचण्ड (भिडियोसहित)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भेडा’को संज्ञा दिएका छन् ।

नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई ‘भेडा’को संज्ञा दिएका हुन् ।

उनले सिंह र भेडाको दृष्टान्त दिँदै आफूहरु सिंह भएको बताए । २–३ वर्ष ओलीसँगको संगतका कारण अलिअलि आफूहरु पनि भेडा पो हो कि ? भन्ने अवस्थामा आएको  बताए ।

‘हामीले केपी ओली जस्ता भेडाहरुको संगत गरियो २–३ वर्ष । अलि-अलि भेडाजस्ता हामी पनि भएका छौं कि क्या हो ?’,  उनले भने, ‘यसकारण हामीले एकचोटी ऐना अगाडि उभिएर हेरौँ, हामी त सिंहका सन्तान हौँ । जुरुक्क उठेर गर्जियौँ भने केपी ओलीजस्ता भेडाहरु भाग्छन् ।’

हेरौँ भिडियो

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ८ : २६ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं