हामी सिंह हौं, जुरुक्क उठेर गर्जियौँ भने ओली जस्ता ‘भेडा’हरु भाग्छन् : प्रचण्ड (भिडियोसहित) « Khabarhub

हामी सिंह हौं, जुरुक्क उठेर गर्जियौँ भने ओली जस्ता ‘भेडा’हरु भाग्छन् : प्रचण्ड (भिडियोसहित)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भेडा’को संज्ञा दिएका छन् ।

नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई ‘भेडा’को संज्ञा दिएका हुन् ।

उनले सिंह र भेडाको दृष्टान्त दिँदै आफूहरु सिंह भएको बताए । २–३ वर्ष ओलीसँगको संगतका कारण अलिअलि आफूहरु पनि भेडा पो हो कि ? भन्ने अवस्थामा आएको  बताए ।

‘हामीले केपी ओली जस्ता भेडाहरुको संगत गरियो २–३ वर्ष । अलि-अलि भेडाजस्ता हामी पनि भएका छौं कि क्या हो ?’,  उनले भने, ‘यसकारण हामीले एकचोटी ऐना अगाडि उभिएर हेरौँ, हामी त सिंहका सन्तान हौँ । जुरुक्क उठेर गर्जियौँ भने केपी ओलीजस्ता भेडाहरु भाग्छन् ।’

हेरौँ भिडियो

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ८ : २६ बजे

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर