सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता « Khabarhub

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

सोमबार अपराह्न सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटार पुगेका हुन्। देउवासँग पौडेलले करिब एक घण्टा छलफल गरेको बुझिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीभित्रबाट फरक-फरक विचार आइरहेका बेला देउवाले बोहोराटारमै पुगेर पौडेललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक विचारका विषयमा पनि छलफल भएको जनाइएको छ ।

भेटमा गत बुधवार नेकपाका ‘प्रचण्ड-नेपाल’ पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराएको बुझिएको छ ।

प्रचण्ड- नेपाल समूहलेले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राखेका थिए ।

कांग्रेसले संसद विघटनको कदमलाई अलोकत्रान्त्रिक र असंवैधानिक भन्दै विरोधसभालाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : २८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

महोत्तरी– महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १०

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला