नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन शुरु « Khabarhub

नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन शुरु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन कार्य शुरु गरिएको छ ।

नवलपरासीपूर्व गैंडाकोट नगरपालिकाबाट राष्ट्रिय परिचय पत्रको लागि लगत संकलन कार्य सुरु गरिएको हो ।

जिल्लामा पहिलो पटक गैँडाकोट नगरपालिकाका १८ वटै वडामा एकैसाथ परिचयत्रको लगत संकलन कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।

लगत संकलन कार्य १५ दिनसम्ममा सम्पन्न हुने नगरपालिकाले जनाएको छ । सबै वडाहरुको वडा कार्यालय र जनसंख्याका आधारमा थप केन्द्रहरु संचालन गरेर काम सुरु गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए ।

परिचयपत्र बनाउको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र अनिवार्य गरिएको भुसालले बताए ।

नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति, पत्नीको नाम नखुलेमा विवाहदर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नु पर्ने भुसालले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : ३९ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको