दाहाल-नेपालको अपिल : संविधान जोगाऔँ, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोकौँ « Khabarhub

दाहाल-नेपालको अपिल : संविधान जोगाऔँ, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोकौँ


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर उत्रिन अपिल गरेको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले आज ६ पेज लामो अपिल जारी गर्दै लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोक्दै संविधान जोगाउन सबै जना यसैमा केन्द्रित हुन आग्रह गरेका हुन ।

‘हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरूप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमीकमजोरी नदोहोरिऊन् भन्ने कुरामा हामी सचेत छौं,’ अपिलमा भनिएको छ, ‘यतिबेला आफ्ना अरु सबै कुरालाई थाँती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय राजनीतिक दल नागरिक समाज मतदाता कार्यकर्ता शुभेच्छुक र समर्थक साथीहरूलाई हार्दिक आह्वान गर्दछौं।’

प्रधानमन्त्री ओलीद्वारा फैलाइएका भ्रमबारे स्पष्ट बन्न समेत आग्रह गरिएको छ ।

यस्तो छ अपिल

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ४५ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन