काठमाडौँ– मौसम परिवर्तनको समयमा रूघाखोकीले खुबै सताउँछ । अझ चिसोको समयमा रूघाखोकी लाग्नु त अधिकांश मानिसको साझा समस्या हो ।
कफकारक खाद्य पदार्थहरु सेवन गर्यौँ हाम्रो छातीमा कफ जम्मा हुन थाल्दछ । बिस्तारो बढ्दै गएर घाँटीमा काँडा बिझाएजस्तो, घाँटी चिलाएजस्तो र खाना खान कष्ट हुने र घ्यार घ्यार बढ्दै गएर खोकेको आवाज निस्किन थाल्छ यसैलाई खोकी भनिन्छ ।
खोकी विशेषगरी चिसोका कारण हुने हुँदा बच्चा र बुढाबुढीलाई बढी सताउने गरेको पाइन्छ ।
खोकी लाग्नुका कारकतत्व
बातकारक
हृदय, कनपटी, मस्तिष्क, उदर र पाश्र्वमा शूल चल्नु, मुख सुक्नु, शक्ति तथा आवाज नष्ट हुनु, खाना खाने समयमा घाँटीमा पीडा हुनु, सुख्खा खोकी लाग्नु, बोल्दा आधा शब्द मात्र निस्किनु आदि ।
पित्तकारक :
टाउकोमा जलन, ज्वरो, मुख मलिन हुनु, मुख सुक्नु, तिर्खा लाग्नु, कटु वमन हुनु र शरीर पहेँलो हुनु आदि ।
कफकारक :
मुख कफले भरिनु, मस्तिष्क पीडा हुनु, खाना खान अरुचि हुनु, शरीर भारी हुनु, कण्ठ चिलाउनु र मुखबाट थुकमा कफका डल्लाहरु निस्किनु आदि ।
घरेलु उपचार
१. सुठोको घोल (सुठोलाई पिसेर आठ गुना पानीमा उमाल्नुहोस्, एक चौथाई शेष रहँदा छान्नुहोस) दैनिक सेवन गर्दाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।
२. पिप्पली, हर्राको बोक्रा पोहकमूल, सुठो, कचू र नागरमोथेको चूर्ण सखरमा मिलाएर आधा ग्रामका गोलीहरु बनाउनुहोस् र दुई दुई गोली दैनिक खानाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।
३. कटियाली, गुर्जो, सुठोको घोल बनाएर पिउनाले खोकी ठीक हुन्छ । यसलाई क्षुद्रादी घोल भनिन्छ ।
४. कालो मरिच, हर्रोको बोक्रा, पिप्पली तथा सुठोलाई पिसेर सखर हालेर गोलीहरु बनाउनुहोस् । तीन गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।
५. कालो मरीच, नागरमोथे तथा सिघीमुहारालाई पिसेर बनाएको चूर्णलाई अदुवाको रससँग मिलाएर मूँगका बराबरका गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।
६. आँकको फूलको बीचको फुली र ल्वाङलाई पिसेर मूँग या चनाका बराबर गोलीहरु बनाउनुस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।
७. कालो मरीच एक आँकको बीचको फुली— दुवैलाई पिसेर कालो मरीचका बराबर गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।
८. आँकको पात, मनसिल, सुठो, कालो मरीच र पिप्पली— यी सबै चीजहरुलाई सुर्तीसँग चिलिममा भरेर पिउनाले खोकी ठिक हुन्छ ।
९. सानो कटियाली घोल बनाएर राख्नुहोस् र त्यसमा पिप्पलीको चुर्ण हालेर दैनिक खानाले खोकी ठीक हुन्छ ।
साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट
प्रतिक्रिया