बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे « Khabarhub

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा सोमबार छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार सजाय वापदको रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत कात्तिक १८ गते पक्राउ गरेको थियाे ।

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । कैद वापतको रकम तिरेर बाहिर निस्किन पाऊँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए । त्यहीअनुसार उनी रकम बुझाएर रिहा भएका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : ५६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल