हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित | Khabarhub Khabarhub

हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा सेभियालाई पराजित गरेको छ ।

बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको हो । डर्टमण्डले सेभियालाई उसैको मैदानमा हराएको हो ।

खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाए पनि महमुदले १९औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई १-१ को बराबरीमा ल्याए ।

२७औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-१ को अवस्थामा पुर्‍याए । ४३औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो ।

खेलको ८४औँ मिनेटमा घरेलु टिमका लुक डी जोङले एक गोल गर्दै खेलमा फर्किने कोसिस गरे पनि डर्टमण्ड ३-२ ले विजयी भयो । दोस्रो लेग खेल मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : ४० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको