हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित « Khabarhub

हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा सेभियालाई पराजित गरेको छ ।

बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको हो । डर्टमण्डले सेभियालाई उसैको मैदानमा हराएको हो ।

खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाए पनि महमुदले १९औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई १-१ को बराबरीमा ल्याए ।

२७औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-१ को अवस्थामा पुर्‍याए । ४३औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो ।

खेलको ८४औँ मिनेटमा घरेलु टिमका लुक डी जोङले एक गोल गर्दै खेलमा फर्किने कोसिस गरे पनि डर्टमण्ड ३-२ ले विजयी भयो । दोस्रो लेग खेल मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट