अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो


६ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५३७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २ हजार ५४४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७१ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८४ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ८५ लाख ९६ हजार ४९७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९३ लाख ५४ हजार ४८५ जनामध्ये १८ हजार २२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  १० : १० बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६