कतारमा एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

कतारमा एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप



दोहा : नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य कतारमा एक लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार खोप शुरू भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसले कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिसकेको बताए ।

‘खोपको लागि माग उच्च रहेकाले आउँदो दिनमा धेरै भन्दा धेरै मानिसहरूलाई खोप लगाइएको देख्नेछौं। हामी लक्षित समूहको कम्तीमा ५० प्रतिशतमा पुगेका छौं,’ स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा.सोहा अल बायतले बुधबार साप्ताहिक प्रश्नोत्तर कार्यक्रममा भनिन् ।

कोभिड–१९ विरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० मा शुरू भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगीहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्राथमिकता दिइएको छ ।

डा. अल बायतले सबैलाई स्वास्थ्य मन्त्रालयको वेबसाइटमार्फत खोपका लागि नाम दर्ता गर्न समेत आग्रह गरेकी छन् । खोप लगाए पनि सबै जनतालाई कोभिड–१९ सावधानीका उपायहरू, सामाजिक दूरी, बारम्बार हात धुने र मास्क लगाउने जस्ता कार्य जारी राख्न डा. अल बायतले अनुरोध गरिन् ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क रुपमा उपलब्ध गराइसक्ने यसअघि नै जनाएको छ ।

नियम उल्लंघन गर्ने ४७ कम्पनीलाई कारबाही

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले कोभिड–१९ सावधानीका उपायहरू उल्लंघन गरेको आरोपमा ४७ कम्पनीविरूद्ध कारबाही गरेको छ ।

गत केही दिनमा काम गर्ने साइटहरू र मजदुरहरूको आवासमा निरीक्षण गर्दा कम्पनीहरूले कोरोना भाइरस सम्बन्धि नियम पालना नगरेको भेटिएपछि कारबाहीको लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले लुसेल र औद्योगिक क्षेत्रमा निर्माणको क्षेत्रमा काम गरिरहेका ४७ वटा कम्पनीहरूले नियम उल्लंघन गरेको जनाएका छन् ।

ती कम्पनीहरूले आधा क्षमतामा बसमा ढुवानी हुने कामदारहरूको संख्या घटाउने र आवश्यक पर्ने सावधानी अपनाउने उपायहरू पालना नगरेको तथा बसमा चढ्दा वा झर्दा सामाजिक दूरी कायम नगरेको र मास्क नलगाएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गर्ने सबै कम्पनीहरूलाई आवश्यक कारबाहीको लागि सम्बन्धित ठाउँमा पठाइएको जनाएको छ ।

मास्क नलगाउने ४ सय ६ जना पक्राउ

कोभिड–१९ रोक्नको लागि गरिएको सावधानी र रोकथामका उपायहरूको उल्लंघन गरेको आरोपमा ४४७ जनालाई पक्राउ गरिएको कतार न्यूज एजेन्सीले जनाएको छ ।

ती मध्ये ४०६ जनालाई माक्स नलगाएको भेटिएपछि कारबाहीको लागि सिफारिश गरिएको जनाएको छ । बाँकी ३४ जनाले गाडीमा अनुमति दिइएको सङ्ख्या भन्दा बढी मानिस बोकेर नियम उल्लघन गरेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नियम अनुसार एकै घरका बाहेक ड्राइभर सहित चार जना मात्र गाडीमा बस्नु पर्नेछ । बाँकी तीन व्यक्तिलाई क्वारेन्टाइन आवश्यकताको पालना नगरेकोमा र अन्य चारजनाले आफ्नो मोबाइल फोनमा एह्तराज एप्स प्रयोग नगरेकोमा कारबाही गरिएको हो । माक्स नलगाई हिँड्ने ठूलो सङ्ख्यामा पक्राउ परिसकेका छन् ।

यसघि नै यहाँस्थित नेपाली दूतावासले क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा एह्तराज एप्लीकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला नहुन, सार्वजनिक स्थल वा समुद्री किनारामा १५ जना भन्दा बढी भेला नहुन लगायत यहाँको सरकारले जारी गरेको कोरोना सम्बन्धी नियमलाई पूर्णरुपमा पालना गर्न नेपाली समुदायलाई आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ४३ बजे

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 

काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन