उत्तर कोरियामाथि अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप « Khabarhub

उत्तर कोरियामाथि अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियाले अमेरिकी औषधि उत्पादक फाइजरले तयार पारेको कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रविधि चोरी गर्ने प्रयास गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले यस्तो दाबी गरे पनि फाइजर कम्पनीबाट डाटा चोरी भएको या नभएकोबारे अझै पुष्टि नभएको बीबीसीले जनाएको छ । बीबीसीले फाइजरसँग विवरण मागेको जनाएको छ ।

उत्तर कोरियाले हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छैन । यद्यपि उत्तर कोरियाले अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख डोज लिँदैछ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि उत्तर कोरियाले आफ्ना सबै नाका बन्द गरेको थियो भने नाकामा थप कडाइ गरेको थियो ।

माइक्रोसफ्टले फाइजरसहित अन्य नौवटा संस्थामाथि रुसी र उत्तर कोरियाली ह्याकरहरुले ह्याक गर्ने प्रयास गरेको बताएको थियो । ती ह्याकरलाई राज्यले समेत समर्थन गरेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १ : ५० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण