संसद विघटनपछि पहिलो पटक गृहनगर आउँदै प्रधानमन्त्री « Khabarhub

संसद विघटनपछि पहिलो पटक गृहनगर आउँदै प्रधानमन्त्री


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधीसभा विघटनको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक गृहजिल्ला झापा आउने भएका छन् ।

आगामी फागुन १६ गते उनी झापा आउने उनको सचिवालयले जनाएको छ । ओलीको सचिवालय सदस्य नेकपा झापाका नेता होमबहादुर थापाका अनुसार १६ गते बिहान पहिलो उडानमार्फत ओली झापा आउने र बेलुका फर्कने कार्यतालिका छ ।

विभिन्न पूर्वाधारहरुको शिलन्यास र उद्घाटनका लागि सरकारी कार्यक्रम अनुसार प्रधानमन्त्रीको झापा एवम् गृहनगर भ्रमण तय भएको सचिवालयले जनाएको छ ।

यस्तो छ, कार्यतालिका
ओली झापा आएपछि पहिलो कार्यक्रमका लागि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको क्याम्पा पुग्ने छन् । त्यहाँ कमल खोलामा निर्माण भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

यसपछि दमक १ बाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यासको कार्यक्रम तय गरिएको छ । सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पुलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहिबाट एकैचोटी शिलान्यासको घोषणा हुनेछ ।

औद्यागिक पार्कको पनि शिलान्यास
पूर्वीनेपालमा चर्चामा रहेको चाईना–नेपाल फ्रेण्डसीप क्लिन ईण्डष्ट्रियल पार्कको समेत ओलीले आगामी फागनु १६ गते शिलान्यास गर्नेछन् ।

दमक १०, कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यास पछि सोही ठाउँमा आयोजना हुने सभामा ओलीले सम्बोधन गर्ने जनाईएको छ ।

सचिवालयका अनुसार दिनभरिका अन्य कार्यक्रममा भने सम्बोधनको सुची रहेको छैन । सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वशन्त नेम्वाङ, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री शेरधन राई एवम् पूर्वसभामुख सुवास नेम्वाङ पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  २ : १२ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक