विष्फोटमा परी चार बालबालिकाको मृत्यु « Khabarhub

विष्फोटमा परी चार बालबालिकाको मृत्यु


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त बम विस्फोट हुँदा बालबालिकाहरु ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य छ जना गम्भीर घाइते भएका प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घाइतेहरु मध्ये एक बालकको मृत्यु भएको जनाइएको छ । घाइते अन्य पाँच बच्चाहरुलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ ।

संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजार भन्दा बढी शरणार्थीहरु रहेका छन्। रासस/सिन्ह्वा

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  २ : ३८ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर