आज सेयर बजार नेप्से २५ अंकले बढ्यो « Khabarhub

आज सेयर बजार नेप्से २५ अंकले बढ्यो


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार सेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार सेयर कारोबार मापक अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ ।

बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिँदा बीमा र लघुवित्तहरुको सबइन्डेक्स घटेर राताम्मे देखिए ।

बिहीवार बैंकिङ समूहको शेयर २३ अंकले, व्यापार समूहको ७३ अंकले, होटलको साढे चार अंकले, विकास बैंकको ६२ अंकले, जलविद्युतको १८ अंकले, फाइनान्स समूहको पाँच अंकले, उत्पादन समूहको २० अंकले र अन्य समूहको झण्डै ५४ अंकले बढेको छ । जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

बिहीवार दुई सय ६ कम्पनीका एक करोड ९६ लाख ४६ हजार कित्ता शेयर आठ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै एनआईसी एसियाको ५६ करोड र निफ्रा बैंकको ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीवार नेपाल हाइड्रो डेभलपर्स कम्पनीका शेयरधनीले १० प्रतिशत र अन्य सात वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि मिर्मिरे लघुवित्तका लगानीकर्ताले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ०९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा