आज सेयर बजार नेप्से २५ अंकले बढ्यो « Khabarhub

आज सेयर बजार नेप्से २५ अंकले बढ्यो


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार सेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार सेयर कारोबार मापक अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ ।

बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिँदा बीमा र लघुवित्तहरुको सबइन्डेक्स घटेर राताम्मे देखिए ।

बिहीवार बैंकिङ समूहको शेयर २३ अंकले, व्यापार समूहको ७३ अंकले, होटलको साढे चार अंकले, विकास बैंकको ६२ अंकले, जलविद्युतको १८ अंकले, फाइनान्स समूहको पाँच अंकले, उत्पादन समूहको २० अंकले र अन्य समूहको झण्डै ५४ अंकले बढेको छ । जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

बिहीवार दुई सय ६ कम्पनीका एक करोड ९६ लाख ४६ हजार कित्ता शेयर आठ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै एनआईसी एसियाको ५६ करोड र निफ्रा बैंकको ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीवार नेपाल हाइड्रो डेभलपर्स कम्पनीका शेयरधनीले १० प्रतिशत र अन्य सात वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि मिर्मिरे लघुवित्तका लगानीकर्ताले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ०९ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा