मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह « Khabarhub

मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निषेध र विभेदको राजनीति शुरु भएको समेत आरोप लगाएका छन् ।

‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ पूर्वराजाद्वारा जारी सन्देशमा भनिएको छ ।

उनले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै बिषयमा विवाद, द्वन्द्व र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा