कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय (भिडियोसहित) « Khabarhub

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए ।

विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो ।

केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगायतको अधिवेशनको कार्यतालिका भने सामान्य हेरफेर गरेको उनले बताए ।

हेरौँ भिडियो

बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले क्रियाशील सदस्यमा परेको उजुरीको छानविन गर्ने, यसअघि आएको क्रियाशिल सदस्यताको छानविन लगाएतका काम सम्पन्न गरी महाधिवशेनको कार्यतालिकाभित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।

त्यस्तै बैठकले निर्वाचनको घोषणा गरेर सरकारले सरुवा बढुवा नियुक्ति गरेर द्वैध चरित्र देखाएको र सत्ताको चरम दुरुपयोग गरेको ठहर गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : ०९ बजे

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी

काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल

सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति

कांग्रेसले छाया सरकार गठनको होइन : संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया