सबैलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध हुन्छ : मन्त्री गुरुङ « Khabarhub

सबैलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध हुन्छ : मन्त्री गुरुङ


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध गराउने गरी सरकारले व्यवस्थापन गरिरहेको जनाएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध हुने र भारतले उपलब्ध गराएको बाहेक बाँकी खोपको व्यवस्थापन सरकारले गरिरहेको जानकारी दिए ।

उनले आपूर्ति सहज हुने अनुसार सोझै खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको जानकारी दिए ।

‘कोभिडशिड’ खोप उत्पादक कम्पनीसँग वार्ताद्वारा निर्धारण गरिएको मूल्य र रकम भुक्तानीको शर्त बमोजिम खोप खरिद गर्न लाग्ने रकम नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी हुनेगरी २० लाख डोज कोभिड खोप सिधै खरिद गर्ने सक्ने गरी बाधा अडकाउ फुकाउनका लागि आदेश जारी गर्ने निर्णय भएको उनले बताए ।

गुरुङले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ‘समृद्धिका लागि सञ्चार’ नारा प्रस्ताव गरिएको जानकारी दिए ।

बैठकले नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत सचिव लालबहादुर कुँवरलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको उनले बताए ।

योगमाया आर्युवेद विश्व विद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा प्रा. अनुपकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय उनले जानकारी दिए ।  प्रजातन्त्र दिवसको अवसरमा केही असल व्यवहार र चरित्र भएका केही कैदीलाई कैद छुट गर्ने निर्णय सरकारले गरेको प्रवक्ता गुरुङले बताए।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : १६ बजे

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष