साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा ! « Khabarhub

साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् ।

छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो ।

यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भइसकेको छ । उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदैछिन् । यसबारेमा स्वस्तिमाले आफै स्पष्ट पारेकी थिइन् ।

दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले बताएको छ ।

नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन । यता स्वस्तिमाले पनि फिल्ममा अभिनय गर्नेबारे अहिलेसम्म कुनै जानकारी दिएकी छैनिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : ०० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश