सेनाले सगरमाथासहित ६ हिमालको सफाइ गर्ने (भिडियोसहित) « Khabarhub

सेनाले सगरमाथासहित ६ हिमालको सफाइ गर्ने (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले नेपालका ६ वटा हिमालको सफाइ गर्ने भएको छ ।

दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यस पटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए ।

यसपालि सगरमाथा, ल्होत्से,पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ हुने छ । बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सहायक रथी खड्काको भनाइ छ ।

हेरौँ भिडियो

२०७७ सालको चैत ३१ गते आरोहण टोलीलाई ब्यानर हस्तान्तरण गरेर अभियानको सुरु हुने र २०७८ सालको जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : ४५ बजे

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष