कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बोर्डले के गर्दैछ ? | Khabarhub Khabarhub

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बोर्डले के गर्दैछ ?


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– कोभिड–१९ महामारीबाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमलाई अघि बढाउने भएको छ ।

कोरोना कहरले थलिएको पर्यटन क्षेत्रको अवस्था र आगामी रणनीतिबारे विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बोर्डले पर्यटन प्रवद्र्धनका तत्कालीन र दीर्घकालीन कार्यक्रमबारे जानकारी गराएको हो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीले हाल अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र शुन्य अवस्थामा जस्तै रहेको बताए ।

उनका अनुसार २०२० जनवरीदेखि २०२१ जनवरीसम्म २ लाख ३० हजार ८५ जना पर्यटक भित्रिएका छन् ।

नेपालमा पर्यटन उद्योग प्रर्वद्धन गर्नको लागि सरकारले जे—जस्तो नीतिगत व्यवस्था ल्याए पनि कार्यान्वयन भने हुन नसकेको टिप्पणी गरे ।

निर्देशक रेग्मीले मन्त्री र सचीव तथा पुराना कर्मचारीहरु फेरिरहँदा आफूलाई मन्त्रालय जाँदा पनि पढाउन गएको जस्तो लागिरहने समेत बताए ।

‘भन्दा नराम्रो लाग्ला ! तर एउटा उद्देश्य बनाएको हुन्छ कर्मचारी फेरिरहँदा उद्देश्य पूरा गर्न कठिन हुन्छ’ उनले भने ।

त्यस्तै रेग्मीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेको बताउँदै भने, ‘त्यसमा ८ सय ३७ जना सहभागि भएका थिए, हामीले अध्ययन गरेअनुसार हालसम्म डेढ खर्ब रुपैयाँ पर्यटन उद्योगमा लगानी भएको छ त्यसमा ८५ अर्ब लगानी यो क्षेत्रमा कर्जा प्रवाह भएको छ ।’

रेग्मीका अनुसार हाल ३ लाख मानिस पर्यटन क्षेत्रमा संलग्न छन् । त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १२ लाख मानिसहरु पर्यटन क्षेत्रमा आवद्ध रहेको उनले बताए ।

कोरोनाकालमा के के काम भए ?

कोरोना महामारीको संकटमा कसरी कम गर्ने भनेर बोर्डमा संकट संचार तथा व्यवस्थापन युनिटको सुरुवात गरेको जानकारी दिएको छ ।

सोही समयमा स्टाण्डर्ड यन नेपाल नामक वेबसाइट सुरु गरी नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकहरुको खोजी गरी उनीहरु स्वदेश फर्काएको समेत बोर्डले जनायो ।

त्यस्तै लुक्ला, पोखरा लगायत विभिन्न स्थानबाट १ हजार ७ सय २१ जना पर्यटकहरुको उद्धार गर्यो । उनीहरुलाई काठमाडौं ल्याएर स्वदेश फर्कन सहज वातावरण बनायो ।

यसबीचमा अन्य संघसंस्थाहरु जस्तै भर्चुअल प्लेटफर्मको प्रयोग गरी नेपालको पर्यटनको प्रवद्र्धन गर्ने काम गरिरहेको रेग्मीले बताए ।

कोभिडको कारण तत्कालै अन्तराष्ट्रिय पर्यटकहरु आउन नसक्ने, नचाहने परिस्थितिमा नेपालको आन्तरिक पर्यटन बजारको अध्ययन गर्न तथा पर्यटकीय सम्पदाहरुको पहिचान गर्न हरेक प्रदेशको लागि टास्कफोर्स गठन गरी अध्ययन गरी ७ वटै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरिएको बोर्डले जानकारी दिएको छ ।

यस्ता छन् दीर्घकालीन योजनाहरु

नेपालको पर्यटनमा तथ्याङ्कको अभावले गर्दा राज्यले तय गर्ने नीति नियम समेत प्रभावित हुने अवस्थामा तथ्याङ्ककको उपलब्धता रहोस् भनेर बोर्डले यस क्षेत्रमा गरिएको लगानी तथा जनशक्तिको अध्ययन गरेको जनाएको छ ।

यस्तै नेपालको पर्यटनमा तथ्याङ्ककलाई डिजिटल डाटाबेशमा राख्न बोर्डले डिजिटल डाटावेश फर टुरिजम प्लानिङ कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय भुगोल विभागमार्फत संचालन गर्न सम्झौता सम्पन्न भई कार्य अघि बढाएको जनाएको छ ।

कोरोनाकाल बाट विस्तारै बजार चलायमान हुँदै जाँदा पर्यटन क्षेत्र कसरी अगाडी बढाउने भन्ने कुरामा सबैको ध्यान जानुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘कोरोनाको समयमा निर्माण गरिएको सम्पुर्ण क्वारेन्टिनहरु तत्काल हटाउनुपर्छ’ पर्यटन व्यवसायी विशेष श्रेष्ठले भने ।
त्यस्तै सरकारले कोरोना प्रभावित व्यवसायीका लागि छुट्याएको पुनर्कर्जा अझैं पाउन नसकेका बताए ।

‘सरकारले कोरोना प्रभावितका लागि पुनर्कर्जाको व्यवस्था गरेको छ’ श्रेष्ठले भने, ‘सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये पर्यटन पनि एक हो तर अहिलेसम्म हामीले न त राहत पाएका छौं, न त पुनरकर्जा नै ।’

त्यसैगरी उनले आगामी ४ देखि ५ वर्षका लागि सरकारले पर्यटकीय क्षेत्रमा योजना तथा नीतिहरु समेत ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : ४१ बजे

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे