श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप « Khabarhub

श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो (सिन्ह्वा)- श्रीलङ्कामा कोरोना भाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो ।

खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ ।

खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : ०३ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको