तेलिया खोलामा युवकको शव फेला « Khabarhub

तेलिया खोलामा युवकको शव फेला


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एक युवकको शव तेलिया खोलामा फेला परेको छ ।

२५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले सुजरको शव पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि आज बिहान साढे ६ बजेतिर प्रहरीलाई खवर गरेका थिए ।

भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ ।

पुलमा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शङ्कास्पद मानि अनुसन्धान अघि बढाएको डीएसपी राईले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : १५ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट